• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    एमाले नेता द्वारिकालाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्दै

    508
    SHARES


    काठमाडौँ। इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका छन् ।

    एमाले सुनसरीका पूर्वअध्यक्षसमेत रहेका चौधरीले आफू माओवादी प्रवेशका लागि केहीबेर अघि काठमाडौँ हिँडेको जानकारी दिए । चौधरीका अनुसार उनी आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का हातबाट टीका ग्रहण गरी माओवादी प्रवेश गर्नेछन् । उनले माओवादीबाट चुनाव लड्ने-नलड्नेबारे केही बताउन भने चाहेनन् । ‘सबै कुरा अहिले नै भन्दिनँ । सबै कुरा असोज २३ गते थाहा हुन्छ,’ उनले भने ।

    स्थानीय तह चुनावमा इटहरीको मेयरमा आफ्ना नाम सर्वसम्मत सिफारिस नगरेपछि उनी एमालेसँग रुष्ट थिए । तर, मेयरको टिकट नपाएकै कारण आफूले पार्टी परिवर्तन गर्ने निर्णय नगरेको बताए । ‘मलाई एमालेले सिफारिस गरेको छ । तर, जुन टिकटबाट उठेर जितिँदैन त्योबाट किन उठ्ने ?’ उनले भने ।

    उनले आफूलाई जसले जस्तोसुकै आरोप लगाए पनि फरक नपर्ने बताए । ‘सँगै काम गर्दा महान् क्रान्तिकारी भन्छन् । छुट्टिँदा भने दक्षिणपन्थी, पथभ्रष्ट भन्छन् । वामपन्थीहरूको रेडिमेड प्रतिक्रियाको मलाई मतलब छैन,’ उनले सुनाए ।

    चौधरीले एमाले परित्याग गरेर एमालेलाई धुलो चटाउने बताए । माओवादी स्रोतका अनुसार चौधरी प्रदेश सभा सदस्यको टिकट पाउने शर्तमा माओवादी प्रवेश गरिरहेका छन् । इटहरीको मेयर हुँदा चौधरी आफ्ना अभिव्यक्तिका कारण थुप्रै पल्ट विवादमा तानिएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया