• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    रुसी आक्रमणमा २३ सर्वसाधारण युक्रेनी नागरिकको गयो ज्यान

    398
    SHARES


    काठमाडौँ। रुसले आफ्नो देशको दक्षिणी जापोरिज्जिया क्षेत्रमा सर्वसाधारण चढेकाे कारहरूमा गोली हानेको युक्रेनले आरोप लगाएको छ ।

    आज शुक्रवार भएकाे आक्रमणमा परि कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ । यस आक्रमणमा परि २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताउनुभएको छ ।

    जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किएभलाई दोष दिए र आक्रमणको पछाडि रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् ।

    भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउँदै भने, ‘किएभको शासनले रुसी सेनाले गरेको गोलाबारीलाई जघन्य उत्तेजनाको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ ।’

    जापोरिज्जियाका गभर्नरले भने कि रुसी सेनाले ‘क्षेत्रीय केन्द्रबाट बाहिर निस्कने बाटोमा नागरिकमाथि रकेट आक्रमण गरे ।’ ‘मानिसहरू अस्थायीरूपमा कब्जा गरिएको इलाका छोड्न, आफ्ना आफन्तलाई लिन र सहयोग लिन लाइनमा उभिरहेका थिए’, उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया