• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    अमिताभ बच्चनको ८० औं जन्मदिनमा भारतका १७ सहरमा फेस्टिभल मनाइदै

    1.4K
    SHARES


    काठमाडौं । आगामी अक्टोबर ११ मा बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन मानिने भएको छ । भारतीय फिल्म उद्योगलाई उनले पुर्‍याएको योगदानको सम्मान गर्न ग्रान्ड सेलिब्रेसनको आयोजना गरिएको छ ।

    उनको बर्थडे मनाउन अक्टोबरमा फिल्म फेस्टिभलको आयोजना गरिएको छ । द फिल्म हेरिटेज फाउन्डेसनले अक्टोबर ८ देखि ११ सम्म चार दिन लामो फेस्टिभल आयोजना गरेको छ ।

    यस्तै पीभीआर सिनेमाको १७ स्थानमा रहेका २२ पर्दामा अमिताभले अभिनय गरेका ११ चर्चित फिल्म प्रदर्शन गरिने भएको छ । जसमा डन, कालापत्थर, कालिया, कभी कभी, अमर अकबर एन्थोनी, नमक हलाल, अभिमान, दिवार, मिली, सट्टे पे सट्टा र चुप्के फिल्म समेत देखाइने भएको छ । मुम्बईको जुहुस्थित पीभीआरमा अमिताभ बच्चनको इतिहासलाई सम्झिने कार्यक्रम पनि राखिनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया