• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    काठमाडौंको गोठाटा हत्या प्रकरणका आरोपित सार्वजनिक

    459
    SHARES


    काठमाडौँ। काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    केही दिनअघि पक्राउ परेका उनीहरूलाई काठमाडौं प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरेको हो । अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

    प्रहरीले वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङलाई शुक्रबार सार्वजनिक गरेको हो । वीरगञ्जका महोरम र रेहानले हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । सुस्मिताले भने अन्सारीको गतिविधि निगरानी गरेको प्रहरीले जनाएको छ ।

    गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

    घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ । प्रहरीका अनुसार हाल उनी फरार रहेका छन् । घटनामा भारतीय आपराधिक समूह र उनीहरूको सहयोगीका रूपमा काठमाडौंमा रहेका व्यक्तिमाथि शंका गरिएको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया