• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    अख्तियारमा सबैभन्दा बढी सुर्खेतका उजुरी

    418
    SHARES


    काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा बर्सेनि उजुरीको संख्या बढ्दो क्रममा देखिन्छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेतकाे धेरै उजुरी पर्ने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    सुर्खेतपछि दैलेख, मुगु, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, सल्यान, रुकुम (पश्चिम), डोल्पालगायतका जिल्लाका उजुरी परेको आयोगका निमित्त प्रमुख भेषराज रिजालले जानकारी दिए । उनका अनुसार क्षेत्रगत रूपमा भने स्थानीय तह, शिक्षा, वन, ऊर्जा तथा सिँचाइलगायतसँग सम्बन्धी उजुरी धेरै परेका छन् ।

    आयोगको सुर्खेत कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ मा सात सय ८० उजुरी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट ६ सय ४५ उजुरी जिम्मेवारी सरेर आएका थिए । यसरी आयोगमा एक हजार चार सय २५ उजुरी परेका हुन् । जसमध्ये आठ सय ९० उजुरी फर्छ्याेट भएका छन् भने पाँच सय ३५ उजुरी यो वर्षका लागि जिम्मेवारी सरेको जनाइएको छ ।

    सुर्खेतका दुई सय ९१ उजुरी दर्ता हुँदा दैलेखकाे दुई सय ३९, मुगुकाे एक सय ४९, कालिकोटकाे एक सय ४४ र हुम्लाकाे एक सय ४२ उजुरी आयोगमा दर्ता भएका छन् । यस्तै जाजरकोटकाे एक सय ३६, जुम्लाकाे ९५, सल्यानकाे ९४, रुकुम-पश्चिमकाे ७५ र डोल्पाकाे ५५ उजुरी सुर्खेतस्थित अख्तियारको कार्यालयमा परेकाे हाे ।

    त्यसैगरी प्रदेशका ७९ वटा पालिकामध्ये सबैभन्दा धेरै वीरेन्द्रनगरकाे उजुरी रहेको छ । त्यसपछि सुर्खेतकै भेरीगंगा नगरपालिका पनि धेरै उजुरी पर्नेमा गर्दछ । मुगुको सोरु गाउँपालिका र छायाँनाथ रारा नगरपालिका, जाजरकोटको छेडागाड नगरपालिका र सर्केगार्ड गाउँपालिका, दैलेखको नौमुले गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र महावु गाउँपालिका तथा हुम्लाको अदानचुली गाउँपालिकासँग सम्बन्धित उजुरी अख्तियारमा धेरै पर्ने गरेकाे छ । कार्यालय निमित्त प्रमुख रिजालले उजुरी संकलनसँगै जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया