• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    म नेपालवादी हुँ : रवीन्द्र मिश्र

    458
    SHARES


    काठमाण्डाै। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदाे चुनावमा आफूले राजसंस्था पुनर्स्थापना गर्ने एजेन्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन् । आज शुक्रवार काठमाण्डाै क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार औपचारिकरूपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आउँदाे चुनावमा जाने आफ्नो मूल एजेन्डाबारे प्रस्ट्याए ।

    आफू राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उहाँले संविधानले बाँधेर राखेको राजसंस्था पुनर्स्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । यसरी जाँदा भोट नपाए पनि आफूले खुसीसाथ मतदातालाई धन्यवाद दिने उनको भनाइ थियो ।

    उनले भने, ‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन । म नेपालवादी हुँ । म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनर्स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु । यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु । पाइन भनेदेखि खुसीसाथ म धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।’

    वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाण्डाै क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताउनुभयो ।उनले आउँदाे प्रतिनिधि सभा चुनावमा काठमाण्डाै क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेन्डालाई हेरेर विजयी गराउने विश्वाससमेत व्यक्त गरे । चुनावमा मतदाताकाेमा जाँदा आफूले ढाँटेर भोट माग्ने काम नगर्ने पटक-पटक दोहोर्‍याउँदै उनले गएकाे चुनावमा पनि आफूले सुकुम्वासीलाई लालपुर्जा दिन्छु भनेर फटाहा कुरा नगर्दा आठ सय १९ मतले हार्नुपरेको गुनासो गरे ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया