• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    मोटरसाइकल र कार ठोक्किँदा एक जनाको ज्यान गयो

    675
    SHARES


    काठमाडौँ। चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ ।

    टाँडीबाट सुब्बाचोक तर्फ जाँदै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा मोटरसाइकमा पछाडि सवार सोही नगरपालिका-१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिईन् । घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    कार सहित चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया