• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    राजसंस्थाकै एजेण्डा लिएर मतदाताकहाँ भोट माग्न जान्छुः रवीन्द्र मिश्र

    373
    SHARES


    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेसँगै संवैधानिक राजसंस्थाको एजेण्डा लिएरै मतदातासँग भोट माग्ने बताएका छन् ।

    काठमाडौँको क्षेत्र नम्बर १ बाट आज उम्मेदवारी घोषणाको क्रममा उपाध्यक्ष मिश्रले नेपालमा राजसंस्था पुनः स्थापना गर्नैपर्ने आवश्यकता भएको बताए। आफूले राजाको माया लागेर वा आफूले केही पाउँछु भनेर राजसंस्थाको कुरा नगरेको उनको भनाइ रहेको छ ।

    साथै उनले देशमा अग्रगमन र प्रतिगमनको गलत भाष्य स्थापित गरिएको टिप्पणी गरे । उनले आफूलाई जनताले संसद भवन पठाएमा गर्व गर्न सक्ने सशक्त भूमिका निभाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    अस्ति (बुधबार) वरिष्ठ उपाध्यक्ष बनेर राप्रपा प्रवेश गरेका मिश्रले यसअघिबाट नै काठमाडौँको क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेका थिए । राप्रपा नेतृत्वले पनि सहमति जनाएपछि उनले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया