• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    आजबाट विश्व नक्सामा युक्रेनको अस्तित्व समाप्त

    1.2K
    SHARES


    काठमाडौँ । युक्रेनका पूर्व र दक्षिणका सामरिकि महत्वका क्षेत्र रुससँग औपचारिक रुपमा गाभिँदैछन् । पाँच दिनसम्म लगाएर जनमत संग्रह गरिएका लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिजिाय क्षेत्र रुससँग विलय हुँदैछन् ।

    योसँगै युक्रेन पुरानो अस्तित्वमा नरहने भएको हो । रुसले आज एक विशेष कार्यक्रमबीच चारवटै क्षेत्रलाई औपचारिक रुपमा आफूसँग गाभ्दैछ । त्यसपछि अहिलेसम्म युक्रेनको नक्सामा रहेका पूर्वी र दक्षिणी भागहरु रुसी नक्सामा समेटिने छन् । योसँगै विश्व नक्साबाट युक्रेनको पुरानो अस्तित्व समाप्त भएको विज्ञहरुले बताएका छन् ।

    जनमत संग्रह सम्पन्न भएका युक्रेनका चार क्षेत्रलाई आज औपचारिक रुपमा रुससँग गाभिँदैछन् । एक विशेष कार्यक्रमबीच राष्ट्रपति पुटिनले रुसमा गाभिने घोषणामा हस्ताक्षर गर्ने कार्यक्र रहेको रुसी संचारमाध्यमहरुले बताएका छन् । त्यसलाई संसदको संयुक्त बैठकबाट पास गरिनेछ ।

    युक्रेनमै रहने कि रुससँग गाभिने भन्ने प्रश्न सोधेर लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिजियामा जनमत संग्रह गरिएको थियो । पाँच दिनसम्म चलेको मतदानपछि ९९ प्रतिशत नागरिकले रुससँग गाभिने पक्षमा मतादन गरेका थिए । रुससँग आफूहरुलाई गाम्भ अनुरोध पत्र लेखेर स्थानीय अधिकारीहरुले जनमत संग्रह गराएका थिए । रुसले जनमत संग्रहको सम्मान गर्ने बताएको छ ।

    आजबाट नक्सबाट हट्ने क्षेत्र युक्रेनको २० प्रतिशत भूगोल ओट्छन् । भूगोलको हिसाबमा सानो भएपनि सामरिक दृष्टिले निकै महत्व रहेका छन् । युक्रेनलाई जलमार्ग जोड्ने र औद्योगिक उत्पादनमा यी क्षेत्रको मुख्य भूमिका थियो । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा उत्पादन केन्द्र पनि जापोरिजियामै पर्छ । आजबाट उक्त केन्द्र पनि रुसकै भएको छ ।

    यसैबीच युक्रेन पठाउन सैनिकलाई रुसले साइबेरियामा सैनिक तालिम सुरु गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले तीन लाख रिजर्ब सैनिकलाई युक्रेन पठाउन आदेश दिएका थिए । युक्रेन पठाउनअघि उनीहरुलाई कसरी लड्ने भन्नेमा भूगोलसँगै प्रविधिको पनि जानकारी दिन तालिम संचालन गरिएको हो ।

    रुसले साइबेरियामा शिविर नै संचालन गरेर युक्रेन पठाउने अत्याधुनिक हतियार चलाउन लगाइएको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा केही सैनिक हतियार चलाउन र केही भूगोलबारे जानकारी लिइरहेका देखिइएको छ । भिडियो रुसी संचारमाध्यमहरुले सार्वजनिक गरेका हुन् ।

    रुसले नयाँ सेना युक्रेन पठाएसँगै युद्धले नयाँ रुप लिने विश्लेषण हुन थालेको छ । केही दिन पहिले राष्ट्रपति पुटिनले युक्रेनमा पूर्ण क्षमताको कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए । त्यसलगत्तै पुटिनले रिजर्ब सेना परिचालनको आदेश दिएका थिए । साइबेरियामा तालिम प्राप्त सैनिकहरुले युक्रेन पठाउने रुसले तयारी गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया