• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    मोहम्मद हत्याकाण्ड : वीरगञ्जबाट गरिएको थियो हतियारको व्यवस्थापन

    536
    SHARES


    काठमाडौँ। मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्यामा वीरगञ्जबाट हतियार व्यवस्थापन गरिएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेपछि सो खुलासा भएको हो ।

    पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘तीन जनाले हतियारको व्यवस्थापनको जिम्मा लिएको देखिएको छ ।

    उनीहरूले वीरगञ्जबाट हत्यामा प्रयोग भएको हतियार ल्याएको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।

    गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हानेर हत्या गरिएको थियो । घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया