• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छ : ईश्वर पोखरेल

    459
    SHARES


    काठमाडौँ।  एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको बताएका छन् ।

    शुक्रबार दसैंका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताए ।

    देश बनाउने सपनाको नेतृत्व ध्रुव एमालेले गरेको दाबी गर्दै उनले भने, ‘आजको नेसनल पोलिटिक्स दुइटा पोलमा छ । एउटा देश बनाउने सपनाको पोल एमालेले लिड गरेको छ भने गठबन्धनले अर्को लिड गरेको छ । कुन पोलमा जाने जनताले निर्णय गर्नु पर्छ । हाम्रा पनि कमीकमजोरी होलान् ।’

    राज्यका सबै अंग ‘प्यालाइज्ड’ र विधायिक ‘फंक्सनलेस’ भएको पनि पोखरेलको भनाइ रहेको छ । उनले कुनै पनि नेता र पार्टीका बारेमा सोलोडोलो निष्कर्षमा नपुग्न पनि नेता-कार्यकर्तालाई अनुरोध गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया