• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुक्खा पहिरो खस्दा गल्छीमा सडक बन्द

    341
    SHARES


    काठमाण्डाै।  नुवाकोटको बेलकोटगढी नगरपालिका-७ लामासोतीमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको छ।

    नुवाकोट र रसुवालाई जोड्ने मुख्य सडकमा हिजो पहिरो जाँदा आवागमन बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ। सडक खुलाउन गल्छी-रसुवागढी सडक योजनाको कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् ।

    ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन समस्या भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी योजना कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिए ।

    पहिरो खसेको ठाउँमा नुवाकोटबाट धादिङ लगिएको विद्युत् प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया