• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण, अवस्था तनावग्रस्त

    28.6K
    SHARES

    काठमाडौं, ८ बैसाख ।

    भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । शनिबार साँझ करिब ६ बजेतिर श्रेष्ठमाथि गठ्ठाघरस्थित उनकै घर अगाडी स्थानीयले आक्रमण गरेका हुन् ।

    घटनास्थलबाट प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार भ्रष्ट मेयर भन्दै स्थानीयहरुले उनी सवार गाडीमाथि तोडफोड समेत गरेका छन् । श्रेष्ठ चढेको बा ८ च ८७२० नं को गाडी तोडफोडका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

    नगरपालिकाको बिकास होस् भनेर भोट दिएर जिताउदा समेत आफ्नो र आफ्नो पार्टीको पेट पाल्ने काम गरेको भन्दै स्थानीयले जनकारवाही गरेको बताएका छन् ।

    एमालेबाट मेयर बनेका श्रेष्ठले भ्रष्ट्राचार मात्रै गरेर जनताले तिरेको करको दुरुपयोग गरेको र बिकाशका नाममा कुनैपनि उल्लेख कार्य नगरेको स्थानीयको आरोप छ ।

    आक्रमणबाट श्रेष्ठको गाडीमा क्षति पुगेको छ भने श्रेष्ठ घाइते बनेका छन् । उनको भक्तपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि आक्रमण भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

    यस्तो छ क्षेती भएको मेयर श्रेष्ठको गाडी ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ