• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कर्णालीमा ५ सय ४१ जनामा डेङ्गु सङ्क्रमण

    370
    SHARES


    काठमाडौँ। कर्णाली प्रदेशभर पाँच सय ४१ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गुबाट चार सय २२ जना सङ्क्रमित छन् ।

    प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालिकोटमा २१ र दैलेखमा १४ जना डेङ्गुबाट सङ्क्रमित छन् । यस्तै रुकुमपश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना डेङ्गुबाट सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिए ।

    सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेङ्गु सङ्क्रमणको रेडजोनमा छ । वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी डेङ्गुबाट सङ्क्रमित छन् । प्रदेश अस्पतालका डा केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताए । डेङ्गु पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । सङ्क्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेङ्गु फैलिन्छ ।

    कर्णालीमा मुटुरोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय जीवनशैली र खानपानका कारण मुटुरोगी बढ्न थालेका चिकित्सकले बताएका छन् ।

    चिकित्सकहरूका अनुसार अव्यवस्थित खानपानका कारण मुटुरोगी बढ्दै गएका हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार उच्च रक्तचापको समस्या बढीजसो देखिएको छ । विलासी जीवनशैली र अव्यवस्थित खानपानका कारण मुटुरोगको जोखिम बढ्दै गएको चिकित्सकको भनाइ छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया