• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकामा समुद्री आँधी, कम्तीमा १० जनाको मृत्यु

    536
    SHARES


    काठमाडौँ। अमेरिकाको फ्लोरिडामा आएको इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तीमा १० जनाको ज्यान गएको छ । केही मानिस बेपत्ता भएको अनुमान गरिएको छ ।

    घर, भवन, सडक र पुलहरुमा क्षति पुगेको छ । इयान आँधीका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    आँधीबाट झण्डै २६ लाख मानिस प्रभावित भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबैभन्दा खराब समुद्री आँधीबाट जनधनको क्षति हुन पुगेको बताउनुभएको छ ।

    आँधी फ्लोरिडाबाट जर्जिया र साउथ क्यारोलिनातर्फ अघि बढिरहेकाले ती राज्यहरुमा पनि उच्च सतर्कता अपनाउन भनिएको बीबीसीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया