• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकामा इयानका कारण करोडौँ डलर बराबरको क्षति

    429
    SHARES


    काठमाडौँ। अमेरिकाको फ्लोरिडामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    आँधीबाट झण्डै २५ लाख मानिस प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ । घर तथा धेरैजसो भौतिक संरचनामा क्षति पुगेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक अन्धकारमा रहेका बीबीसीले जनाएको छ ।

    अमेरिकाको आँधीबारे पूर्वानुमान गर्ने निकाय नेशनल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ । यो आँधी फ्लोरिडामा बज्रिएका अहिलेसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक मानिएको छ। इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २ सय ४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएकाे थियाे ।

    आँधीकै कारण क्युबामा दुई जनाले ज्यान गुमाएका छन् । फ्लोरिडामा मानवीय क्षतिबारेको विवरण आइसकेको छैन । यो आँधी जोर्जा र साउथ क्यारोलिना पुग्दा पनि इयान आँधीकै रूपमा रहने आँधीबारे पूर्वानुमान गर्ने निकायले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया