• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    समानुपातिकको बन्द सूची परिमार्जन हुन्छ : गगन थापा

    464
    SHARES


    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन् ।

    ३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा‍. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा उनले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् ।

    माग सम्बोधन हुने गरी नयाँ सूची तय हुने थापाले आश्वासन दिएका कार्यक्रममा सहभागी एक नेताले बताएका छन् । उनका अनुसार गठबन्धनका दलहरु बीच क्षेत्रको तालमेल तथा सिट संख्याबारे भने थापाले केहि बोलेनन् ।

    समानुपातिकको बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै शेखर पक्षले मंगलबार पार्टी कार्यालयमा धर्ना दिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया