• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    राप्रपाको कार्यालय भवन अनधिकृत भन्दै हटाउन काठमाडौं महानगरको माइकिङ

    527
    SHARES


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ ।

    काठमाडौं महानगरपालिका-४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिएका छन् ।

    पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । ‘प्रसारण लाइनमुनि रहेका सबै घरहरु हटाउन हामीले माइकिङ गरेका हौं । यसमा राप्रपाको केन्द्रीय कार्यालय पनि परेको छ । उहाँहरुले माइकिङ गरेपछि नैतिकताले भवन भएको संरचना हटाउनुहुन्छ होला’, पाण्डेले भने ।

    महानगरपालिकाले विद्युत प्रसारण लाइनको तल पर्ने जमिनमा बनेको संरचनामा नक्सापास गर्दैन । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताए । ‘हामीलाई यो विषयमा जानकारी नै थिएन । तर अब महानगरसँग छलफल गर्छौं । हामीलाई पनि व्यक्तिले दिएको जग्गामा निर्माण गरेको घर हो । राजनीतिक दलको संरचना भन्दैमा कानुन नलाग्ने चाहिँ होइन तर हामी गलत छैनौं भन्ने लाग्छ’, श्रेष्ठले भने ।

    राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा, नेपाललाई दिएका थिए । उनले पत्नी शशीकला राजभण्डारीको स्मृतिमा बनाएको भवन १२ आना जग्गामा ६ हजार ५ सय वर्ग फिटमा फैलिएर रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया