• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

    461
    SHARES


    काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शनी गरिएको छ।

    राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शनी गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले ट्रफी सार्वजनिक गरे ।

    कार्यक्रममा मधेश प्रदेश खेलकुद मन्त्रालयका सचिव रञ्‍जित कुमार यादव, मधेश प्रदेश खेलकुद बिभाग प्रमुख मोहमद जावल इस्लाम, मधेश प्रदेश प्रशिक्षण केन्द्र उपनिर्देशक सुरेन्द्र श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो ।

    ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको लागि शुभकामना दिए । ‘जानकीको पवित्र भूमिमा ट्रफी अनावरण भएको छ । मधेश प्रदेशले ट्रफी ल्याओस शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘नवौंको भव्य शुभकामना दिन चाहन्छु ।‘

    मुख्यमन्त्री राउतले राज्यले खेलाडीलाई कम प्राथमिकता दिएको समेत बताए । ‘देशको नाम राख्ने खेलाडीलाई अन्य ठाउमा राज्यको तर्फबाट सुबिधा हुन्छ । तर, यहाँ खेलाडीलाई कम प्राथमिकता छ । राज्यले खेलाडीलाई हेर्नुपर्छ ।‘

    उनले १० औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजनाका लागि प्रयास गर्ने समेत बताए । मधेश प्रदेशका खेलकुदमन्त्री सिंहले राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशमा आउँदा आफुहरु प्रफुलित भएको बताउँदै नवौंको सफलताको शुभकामना व्यक्त गरे ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया