• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    अभिमुखीकरण व्यवसायीले बेवास्ता गरे विभागको अनुगमन, कारबाही गर्ने चेतावनी

    329
    SHARES


    काठमाण्डौ। वैदेशिक रोजगारीमा जानेलाई अभिमुखीकरण तालिम प्रदान गर्ने व्यवसायीले अनलाइन अनुगमनलाई प्रभावित पारेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    विभागले आधिकारिक नम्बरबाट फोन, भाइबर कल र ह्वाटसएपबाट समेत तालिम सञ्चालकहरूलाई कक्षा सञ्चालनको दृश्य अवलोकन गराउन अनुरोध गरे पनि विभिन्न बहाना बनाउने र फोन नउठाउने जस्ता कार्य गरी अनलाइन अनुगमनलाई प्रभावित पार्ने र बेवास्ता गर्ने गरेको भन्दै अब फेरि पनि यस्तो कार्य गरेमा कारबाही गर्ने विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ ।

    विभागले प्रत्यक्ष र अन्य विभिन्न माध्यमबाट समेत अनुगमन गर्ने भन्दै विभागबाट भएका सबै खाले अनुगमनलाई अभिमुखीकरण तालिम सञ्चालकले सघाउन पर्ने र त्यसो नगरेमा कारबाही हुने उल्लेख गरिएको छ । विभागले अनुगमनलाई प्रभावित पार्ने वा बेवास्ता गर्ने सञ्चालकहरूलाई अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार कारबाही गर्छ ।

    नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूले नयाँ श्रम स्वीकृति लिएर जाँदा अनिवार्य रूपमा दुई दिनको अभिमुखीकरण तालिम लिन पर्छ तर अभिमुखीकरण तालिम प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया