• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    एमालेका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टीमा प्रवेश

    402
    SHARES


    काठमाडौँ। नेकपा एमालेका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका छन् ।

    धनुषाको शहिदनगरमा आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका छन् । उनले दुईदिन अघिमात्रै पत्रकार सम्मेलन गरी एमाले परित्याग गरेका थिए । स्रोतका अनुसार नेता यादवलाई जसपा अध्यक्ष यादवले धनुषा २ बाट उम्मेदवार बनाउने आश्वासनसहित पार्टी प्रवेश गराएका छन् । धनुषा २ बाट नेकपा एमालेले उमाशंकर अरगरियालाई उम्मेदवार बनाउँदैछन् ।

    असोज ८ मा धनुषामै आएर एमाले अध्यक्ष केपी ओलीले अरगरियालाई भित्र्याएपछि नेता यादव रुष्ट थिए । ओलीले अरगरियालाई उम्मेदवार बनाउने भएपछि नेता यादव एमाले परित्याग गरे । टिकटको लोभमा जसपामा प्रवेश गरेपनि नेता यादवले सत्ता गठबन्धनबाट उम्मेदवार हुने सम्भावना न्यून छ । धनुषा २ बाट हेभिवेट मानिने काँग्रेसका रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका रामचन्द्र झा दावेदार छन् । उनी दुवैजना पूर्वमन्त्री हुन् । स्रोतका अनुसार झा वा यादवमध्ये नै कोही सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुने सम्भावना छ

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया