• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    दिउँसो ३ बजेका लागि बोलाएको एमाले सचिवालय बैठक अझै भएन सुरु

    444
    SHARES


    काठमाडौँ। उम्मेदवारको टुंगो लगाउन बोलाइएको एमाले सचिवालय बैठकको समय सरेको छ ।

    आज दिउँसो ३ बजेका लागि बोलाएको बैठक अझै सुरु भएको छैन । अध्यक्ष केपी ओलीको निजी सचिवालयले बैठक १ घण्टापछि सरेको बताएपनि साढे ४ बज्दासम्म सुरु हुन सकेको छैन ।

    बैठकका लागि केही नेताहरु अध्यक्ष ओली निवास बालकोट पुगिसकेका छन् । अध्यक्ष ओलीको व्यस्तताका कारण बैठक सुरु हुन अझै केही घण्टा लाग्ने सूचना आएको एक नेताले जानकारी दिएका छन् ।

    आजको बैठकमा प्रतिनिधि सभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिएपनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया