• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेकोछ : गोकुल बाँस्कोटा

    489
    SHARES


    काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् ।

    उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि काँग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

    नेता बाँस्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् । ‘देश जोगाउन माझी खोज्न हिडेकाहरु काँग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तिपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बाँस्कोटाले भनेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया