• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    एमालेमा गएको दुई सातामै माओवादीमा फर्किए चितवनका नेता

    0.9K
    SHARES


    चितवन । नेकपा एमाले प्रवेश गरेको करिब दुई सातापछि चितवनको माडीका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

    माओवादीको बागमती प्रदेश सदस्य रहेका गिरीधारी सुवेदी र माडी-७ का सचिव सुरेश थापा पुनः माओवादीमै फर्किएका माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

    बिहीबार उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका हुन् ।

    उनीहरु ३० भदौमा माओवादीका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहित एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया