• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Highlights राजनीति विशेष समाचार

    भीम रावलको विकल्प खोज्न भन्दै बालकोट पुगे दर्जन नेता

    1K
    SHARES


    काठमाडौँ। नेकपा एमालेका केही नेताहरूले अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल रूपमा सिफारिस भएका नेता भीम रावलको विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

    सोमबार अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका नेताहरू लेखराज भट्ट, कर्ण थापा, यज्ञ बोगटी, झपट बोहोरालगायत एक दर्जन नेताले अछाम १ बाट रावलको नाम एकल सिफारिस भएपनि उनी पार्टी नीति विपरीत चल्न खोजेको तथा सम्पर्कमै रहन नचाहेको भन्दै सोच्न आग्रह गरेका हुन् ।

    स्थायी कमिटी सदस्य समेत रहेका कर्ण थापाले सुदूरपश्चिमका सबै नेता कार्यकर्ताको चाहाना रावल पार्टी नीतिअनुसार चल्नुपर्ने रहेको र आफूहरूले सोही कुरा अध्यक्षसँग राखेको बताए । ‘पार्टी नीतिभन्दा माथि कोही हुँदैन भन्ने सबैको भनाई एउटै छ । अध्यक्षले पनि सोही कुरा भन्नुभएको छ । हामीले त उहाँको नाम सिफारिस गरेकै हौ तर उहाँ कुनै बैठक, छलफल कतैपनि देखिनुहुन्न’, थापाले भने, ‘यस्तै हो भने कसरी पार्टीको उम्मेदवार बनाउने ? यसबारे सोच्नुपर्छ भनेर हामीले अध्यक्षलाई पनि भन्यौ, उहाँले पनि चासो लिएर सोधखोज गर्नुभयो ।’

    रावल २०७४, सालमा समेत सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । गएको मंसिरमा भएको नेकपा एमालेको दशौं महाधिवेशनमा रावल ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यस समयदेखि नै अध्यक्ष ओली र रावलबीच राम्रो सम्बन्ध रहेको छैन । स्रोतका अनुसार रावलले ओलीसमक्ष आत्मालोचना गरेमात्रै उनलाई टिकट दिनुपर्ने नत्र विकल्प सोच्नुपर्ने माग राखेका थिए ।

    रावलविरुद्ध बालकोट डेलिगेशनमा पुगेका एक नेताले भने, ‘रावलजीको विकल्प पनि हामीले अध्यक्षलाई दिएका छौं ।’ ती नेताका अनुसार यदि रावलले आत्मालोचना नगरे विकल्पका रूपमा रावलको ठाउँमा अर्का नेता कृष्ण जैसीलाई प्रतिनिधिसभाको टिकट दिन प्रस्ताव गरिएको बताए । यद्यपि जैसीको भने प्रदेश सभा सदस्यमै निर्वाचन लड्ने चाहाना रहेको बताउने गर्दा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया