• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक

    508
    SHARES


    काठमाडौं । बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् ।

    अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् ।

    त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार बारमा लागेर फर्किएको थियो ।

    २७ औं मिनेटमा उनले नै दोस्रो गोल गरे । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपर अनिसुर रहमानले बञ्च गरेका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गोल गरे ।

    खेलको ३८ औं मिनेटमा भने विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरेका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया