• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Highlights विशेष समाचार

    हिमपहिरोमा परी १ जनाको मृत्यु, १५ जना घाइते

    601
    SHARES


    काठमाडौँ । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् ।

    हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको रहेछ,’ उनले भने, ‘त्यही पहिरोमा उहाँहरु पर्नुभएछ ।’ मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिदै उनले उद्धारमा समस्या भएको बताए ।

    ‘घटनाबारे खबर आउनेबित्तिकै हामी उद्धारका लागि पहल गरिरहेका छौं, सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागि उडेपनि मौसम प्रतिकुल भएका कारण बेसक्याम्पमा ल्याण्ड गर्न सकिरहेको छैन’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

    प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल भएको उनको भनाइ छ । पर्यटन विभागकी शाखा अधिकृत यशोदा अर्यालसँग आफूहरुले जानकारी लिइरहेको बताउदै प्रजिअ आचार्यले मनाङको भीमथाङमा पनि एक जना बिदेशी नागरिक हराएको खबर आएको जानकारी दिएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया