• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    टी-ट्वान्टी सिरिजमा भारतको जित, अष्ट्रेलिया पराजित

    450
    SHARES


    काठमाडौँ। पाहुना टोली अष्ट्रेलियाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ ।

    हैदराबादमा आइतबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेल भारतले ६ विकेटले जित्दै सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो ।

    जितका लागि अष्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले निर्धारित २० ओभरको एक बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

    भारतलाई जित दिलाउन सुर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रनको योगदान गरे ।

    अष्ट्रेलियाका लागि ड्यानियल साम्सले सर्वाधिक २ तथा जोश ह्याजलउड र प्याट कमिन्सले एक-एक विकेट हात पारे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।

    उसका लागि टिम डेभिडले ५४ तथा क्यामेरोन ग्रिनले ५२ रन जोडे । भारतका अक्सर पटेलले सर्वाधिक ३ विकेट हात पारे ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया