• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    भलिबल प्रतियाेगिता हेर्नकैलागि गाउँपालिकाले दियाे सार्वजनिक बिदा

    493
    SHARES


    फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयर कप खेल हेर्न सर्वसाधारणलाई आज सार्वजनिक बिदा दिएको छ ।

    असोज ८ देखि ११ गतेसम्म अन्तरपालिकास्तरीय मेयर कप रनिङ पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिनको खेल हेर्न आज एक दिन सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रवक्ता महन न्यौपानेले बताएक छन् ।

    नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

    संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकुद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मेयर कप रनिङ दोस्रो संस्करण भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रवक्ता न्यौपानेले बताए ।

    प्रतियोगितामा ताप्लेजुङका सबै स्थानीय तहले उत्साहजनक भाग लिएका आयोजकले जनाएको छ । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको नगरपालिकाको सामाजिक विकास समितिका अध्यक्ष एवं खेल संयोजक क्षितिज सुनुवारले बताए ।

    प्रतियोगितामा प्रथम हुनेले रु दुई लाख ७५ हजार एक सयका साथ रनिङ कप, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले रु एक लाख ४० हजार एक सय पाउनेछ । सेमीफाइनमा पुग्ने दुई समूहलाई तृतीय पुरस्कारस्वरुप रु ४५ हजार एक सयका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया