• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    रुसले ३ लाख रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गर्दै युक्रेनमा मारिएका आफ्ना सैनिकको संख्या सार्वजनिक

    455
    SHARES


    काठमाडौँ। रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेकै दिन त्यस अभियानमा मारिएको आफ्नो सेनाको संख्या पनि उजागर गर्यो । युद्ध सुरु भएको लगभग ६ महिनापछि हताहतीको पहिलो अपडेटमा दिइएको हो । युद्ध सुरु भएको एक महिनापछि मार्च २५ मा रुसले आफ्ना १३५१ सैनिक मारिएको बताएको थियो ।

    त्यसपछि रुसी सेनाको हताहतीबारे पश्चिमबाट विभिन्न अनुमान आइरहँदा पनि रुसले विवरण सार्वजनिक गरेको थिएन । अगस्टमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन युद्धमा रुसी पक्षका करिब ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएको प्रक्षेपण गरेको थियो । तर हाल रुसले सार्वजनिक गरेको सैन्य हताहतीको संख्या पेन्टागनको प्रक्षेपणभन्दा निकै कम देखिन्छ ।

    बुधबार टेलिभिजनमा बोल्दै रुसी रक्षा-मन्त्री सर्गेई शोइगुले द्वन्द्व सुरु भएदेखि हालसम्म ५,९३७ रूसी सैनिक मारिएको बताए । रक्षामन्त्री शोइगुले सात महिना लामो ‘विशेष सैन्य अपरेशन’ मा रुसले ठूलो नोक्सानी बेहोरेको कीभ र पश्चिमा राष्ट्रहरूको भनाइलाई खारेज गरे । उनले ९०% घाइते रुसी सैनिकहरू युद्ध मोर्चामा फर्किएको दावी गरे । राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलोपटक रुसी रिजर्भ फोर्स परिचालन गर्न आदेश दिएकै दिन यो विवरण सार्वजनिक गरिएको थियो ।

    युक्रेनमा कयौं पश्चिमी शक्ति विरुद्ध एकैपटक लड्नु परेकाले थप जनशक्ति आवश्यक परेको र त्यसैका लागि रिजर्भ फोर्स परिचालन गर्नुपरेको पुटिनले बताए । रक्षा मन्त्री शोइगुले रुससँग २ करोड ५० लाख सम्भावित लडाकू रहे पनि हाल ३ लाख पुरुष मात्र परिचालित हुने बताए ।

    क्रेमलिनको वेबसाइटमा प्रकाशित अध्यादेश अनुसार हाल बोलाइएको रिजर्भ फोर्समा पहिले नै सैन्य अनुभव भएकाहरुलाई मात्र परिचालित गर्ने भनिएको छ । शोईगुले युक्रेनमा तैनाथ गर्नुअघि उनीहरूलाई थप प्रशिक्षण दिइने बताए ।
    मस्कोले आफ्नो छिमेकीलाई निशस्त्रीकरण गर्न र खतरनाक राष्ट्रवादीहरुबाट मुक्त बनाउन ‘विशेष सैन्य अभियान’ चलाएको बताइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ