• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    जापानले अक्टोबर ११ देखि विदेशी पर्यटकको संख्यामा लागू सीमा हटाउदै

    178
    SHARES


    काठमाडौँ। जापानले भिसा-रहित तथा स्वतन्त्र पर्यटकलाई पनि आफ्नो सिमाना खुलाएको छ । साथै अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका छन् । यी नियम लागु भएसँगै जापान सरकारले कोभिड-१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागू गरेका लगभग सबै नियमहरु हट्नेजनाएको छ ।

    जापान सरकारले कोभिड-१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका किशिदाले त्यहीबाट यी महत्वपूर्ण घोषणा गरेका हुन् । ‘धेरै मानिसहरूले नयाँ नीतिको फाइदा लिनेछन् भन्ने मेरो आशा रहेको छ । म कोरोनाभाइरसले निम्त्याएको महामारीमा सबैभन्दा प्रभावित यातायात, मनोरञ्जन र अन्य उद्योगहरूलाई सहयोग गर्न चाहन्छु,’ प्रधानमन्त्री किशिदाले पत्रकार सम्मेलनमा भनेका छन् ।

    जापानले जुन महिनादेखि पर्यटकहरूलाई देश प्रवेश दिन थालेको थियो । पहिलो चरणमा गाइड भएका पर्यटकको लागि मात्र सीमा खोलिएको थियो । सेप्टेम्बर ७ देखि सरकारले दर्ता गरिएका ट्राभल एजेन्सीमार्फत विमान तथा होटल बुक गर्ने गाईड-बिनाका पर्यटकहरूलाई सिमाना खुलाइयो । तर ती मार्ग धेरै विदेशी पर्यटकहरूमाझ अलोकप्रिय भएपछि पर्यटन उद्योगले सरकारलाई प्रतिबन्ध हटाउन दबाब दिइरहेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ