• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भीमफेदी र रुकुममा बस दुर्घटना, ११ जनाको मृत्यु

    125
    SHARES


    काठमाडौँ । भीमफेदी र रुकुमा भएको छुट्टाछुट्टै बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृतकको खंख्या ७ पुगेको छ।

    भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए।

    काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर १७ जना यात्रु घाइते भएका छन्।

    ‘बसका चालक फरार छन्। उनी भेटिएपछि थप अनुसन्धान हुन्छ’, उनले भने। उता रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा बस दुर्घटना भएको छ ।

    काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिए ।

    मृतकको सनाखत हुन बाँकी रहेको डिएसपी डाँगीले बताए । आफू घटनास्थलमै रहेको र थप विवरण संकलनको काम भइरहेको उनले बताए । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ