• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गजुरीमा बसको ठक्करबाट एक बालकको ज्यान गयो, स्थानीयद्वारा पृथ्वीराजमार्ग अवरुद्ध

    200
    SHARES


    काठमाण्डाै। धादिङको गजुरीमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

    काठमाण्डौबाट गोरखाका लागि छुटेको रा १ ख ४५६५ नम्बरको बसले बिहान पाैने १० बजे ठक्कर दिँदा धादिङको गजुरी गाउँपालिका-१ बैरेनीका दिलबहादुर नेपालीका ६ वर्षका छोरा विजयको ज्यान गएको प्रहरीले जनाएको छ ।

    आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा पढ्ने विजयलाई बाटो काट्ने क्रममा जेब्राक्रसमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटना पछि आक्रोशित स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन्। अहिले काठमाण्डौदेखि यो राजमार्ग हुँदै चल्ने लामो दूरीका गाडी छुटे पनि नागढुङ्गा नौबिसेमा रोकिएका छन् । आक्रोशित स्थानीय बासिन्दाले शव सडकमा नै राखेर प्रदर्शन गरिरहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ