• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नुएर र गोर्टेज्काले हंगेरी र इंग्ल्यान्डविरुद्धको खेल गुमाउदै

    182
    SHARES


    काठमाडौं । जर्मनीका कप्तान तथा गोलकिपर म्यानुयल नुएर र मिडफिल्डर लिओन गोर्टेज्काले नेसन्स लिगको दुई खेल गुमाउने भएका छन् ।

    कोभिड-१९ को संक्रमण देखिएपछि नुएर र गोर्टेज्काले नेसन्स लिग अन्तर्गतको दुई खेल गुमाउने भएका हुन् ।

    जर्मनीले नेसन्स लिग अन्तर्गत शुक्रबार हंगेरी र सोमबार इंग्ल्यान्डविरुद्ध खेल्दैछ । तर, ३६ वर्षीय नुएर र २७ वर्षीय गोर्टेज्काले दुबै खेल गुमाउने छन् ।

    बुधबार गरिएको परिक्षणमा दुबैलाई कोभिड-१९ को संक्रमण देखिएको हो । दुबैले जर्मनीको प्रशिक्षण क्याम्प छाडेका छन् । दुबै खेलाडी सेल्फ आईसोलेसनमा बसेका छन् ।

    जर्मनीको नुएरको स्थानमा होफेनहाइमका ओलिभर बाउम्यानलाई टिममा बोलाएको छ । गोर्टेज्काको विकल्पमा कुनैपनि खेलाडी डाकिएको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ