काठमाडौं, ७ बैसाख ।
विहीबार एकताको लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तामा माके अध्यक्ष प्रचण्डले नयाँ प्रस्ताव राखे । प्रचण्डको प्रस्तावले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अाचार्यचकित भए ।
विहान १० बजेबाट सुरु भएको वार्ता ३ घण्टासम्म चलेको माओवादी स्रोतले बताएको छ । खासगरी पार्टी एकतामा देखिएका विवादित विषयबारे छलफल गरेर एकता संयोजन समिति बैठक बोलाउने तयारीको लागि दुई नेताबीच वार्ता भएको थियो । तर, कुनै सहमति नभएपछि छलफल विना निष्कर्ष टुंगिएको हो ।
बैठकमा कुनै उल्लेखनीय प्रगति नभएको र अाज फेरि बैठक बस्ने माओवादी स्रोतले जनाएको छ। स्रोतका अनुसार शुक्रबार प्रचण्डले राखेको नयाँ प्रस्तावबारे छलफल हुने बताइएको छ ।
एकीकृत पार्टीको प्रस्तावनामा जनयुद्ध लेख्ने, चुनाव चिह्न तथा संगठनमा सहभागी संख्याको विषयमा आएर एमाले-माकेबीच एकता रोकिएको छ । एकता सम्भव नभए जनतासँग माफी माग्नुपर्ने प्रचण्डले प्रस्ताव राखेको बताईएको छ ।
प्रतिक्रिया