• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    भलिबल संघका अध्यक्ष चन्द र कोपिला साधारण सभामा भागलिन नेदरल्यान्ड्स प्रस्थान

    194
    SHARES


    काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, निवर्तमान अध्यक्ष मनोरन्जन रमण शर्मा र पूर्व राष्ट्रिय महिला खेलाडी कोपिला उप्रेती नेदरल्यान्ड्स प्रस्थान गरेका छन् ।

    नेदरल्यान्ड्समा सेप्टेम्बर २२ देखि २५ सम्म आयोजना हुने एफआईभीबीको ३८ औं वर्ल्ड कंग्रेस र एभीसीको २४ औं साधारण सभामा सहभागिता जनाउन अध्यक्ष चन्द र निर्वतमान अध्यक्ष शर्मा नेदरल्यान्ड्स प्रस्थान गरेका हुन् ।

    पूर्व खेलाडी तथा एफआईभीबी लेभल २ प्रशिक्षक कोपिला भने डच भलिबल एसोसियनको आयोजनामा हुने भलिबल फर लाइफ अन्तर्गतको कोचिङ वर्कसप र अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउन नेदरल्यान्ड्स प्रस्थान गरेकी हुन्।

    नेदरल्यान्ड्स जाने टोलीलाई भलिबल संघका महसचिव रोशन श्रेष्ठ, सचिव विनोद सुवेदी, कोषाध्यक्ष श्यामम कृष्ण श्रेष्ठ र पूर्व कप्तान भरत बहादुर शाहले बिदाइ गरे ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ