• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    भुवन केसीद्वारा ‘सुरक्षा मापदण्ड’ पुरा गरेर नाइट शो चलाउन चाहने फिल्म हलको सूची माग

    243
    SHARES


    काठमाडौं । चलचित्र विकास बोर्डले ‘शान्तिसुरक्षाको मापदण्ड’ पुरा गरेर रात्रीकालिन फिल्म प्रदर्शन गर्न चाहने हलहरुको सूची मागेको छ ।

    अनलाइनखबरसँग कुरा गर्दै बोर्ड अध्यक्ष भुवन केसीले सर्तसहित नाइट शो प्रदर्शनको अनुमति दिन सकिने बताए । राती १ बजेसम्म फिल्म प्रदर्शनको अनुमति माग्दै चलचित्र संघले निवेदन दिएको सन्दर्भमा केसीको यस्तो प्रतिक्रिया आएको हो ।

    ‘शान्ति सुरक्षाको मापदण्ड पुरा गरेर उहाँहरुले हलहरुको सूची दिनुपर्छ । त्यसको पूर्वसर्त भनेको शान्तिसुरक्षा कायम हुनुपर्छ भन्ने हो’ केसीले भने, ‘सूची आएपछि पहलका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउँछौं ।’

    अघिल्ला अध्यक्ष दयाराम दाहालले राती ११ बजेसम्म शोज चलाउन दिइने र त्यसपछि चलाउनुपर्ने भए जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिने निर्णय गरेका थिए । दाहालको उक्त निर्णयलाई भुवन केसी नेतृत्वको बोर्डले कार्यान्वयनमा ल्याएको छ ।

    दशैंको मुखमै व्यवसायमा अवरोध गरेको भन्दै चलचित्र संघ आक्रोशित छ । आइतबार लेट नाइट शोजको अनुमति दिनुपर्ने माग गर्दै संघले बोर्डमा निवेदन दिएको थियो । चलचित्र संघका सदस्य सुरेन्द्र थापाले बोर्डले सूची मागेको विषयमा संघको आगामी बैठकमा गम्भीरतापूर्वक छलफल हुने बताए । ‘कुन-कुन हललाई रात्री शोजको अनुमति दिने भन्ने कुरा संघले छलफल गरेर टुंग्याउँछ’ उनले भने ।

    शोजको यो व्यवस्थालाई लिएर पछिल्लो समय विवाद चर्किरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ