• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    कार अनियन्त्रित भई रुखमा ठोकिँदा दुईको मृत्यु, चार घाइते

    301
    SHARES


    Print

    काठमाडौँ। झापामा पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् ।

    मृत्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा-५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका-१० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक किनारको बरको रुखमा ठोकिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

    कार दुर्घटना हुँदा कारमा सवार सबैजना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको र बाँकी चार जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।

    घाइते भई अस्पतालमा उपचाररत मोरङ सुन्दर हरैचा-६ का ४० वर्षीया रीता चौधरी, सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाका- ८ का २७ वर्षीय तेजन चौधरी, धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय विविसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेका उनको भनाइ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ