• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    नेपालको संविधान दिवसको दिन कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन

    449
    SHARES


    काठमाडौँ। कुवेत टावरमा सोमबार साँझ नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिएको छ ।

    नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव तथा नेपालको संविधान दिवसको अवसर परेर नेपाल र कुवेतको झण्डा सो टावरमा प्रदर्शन गरिएको हो ।

    नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विद्युतीय प्रदर्शन गरिएको हो ।

    कुवेतको प्रसिद्ध कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा पहिलोपटक प्रदर्शन भएको नेपाली राजदूतावास कुवेतले जनाएको छ । नेपाल र कुवेत बीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास पनि दूतावासको रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ