• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    शक्तिशाली समुद्री आँधीले ४० लाख मानिसका घरहरू ध्वस्त हुनसक्ने जोखिम

    3K
    SHARES


    काठमाडौँ। जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी टाइफुन नान्मादोल दक्षिणी टापु क्युशुमा बज्रिएको छ । याे आँधी प्रतिघण्टा एक सय ८० किलोमिटरको गतिमा अघि बढिरहेको बीबीसीले जनाएको छ ।

    आँधीका कारण केही क्षेत्रमा आज ठूलो पानी पर्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने भएकोले कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका बीबीसीले जनाएको छ । जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने जनाएको छ । हावाको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जलवायु निकायको भनाइ रहेको  छ ।

    जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन् । समुद्री आँधीसँग जुध्न जापानमा राम्रोसँग तयारी गर्ने गरिन्छ । तर जलवायु परिवर्तनले यस्ता विपद्हरू ठूला र थप विध्वंशकारी बनाइरहेको वैज्ञानिकहरूले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ