• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्वतन्त्र उम्मेदवारले जिते पनि काम गर्न सक्दैनन् : गणेशप्रसाद तिमिल्सिना

    1.3K
    SHARES


    काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले जित हासिल गरे पनि काम गर्न नसक्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित ‘अबको दृष्टि, स्वाभिमान सहितको समृद्धि’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।

    बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताउँदै उनले अलिकति चेतना जगाउन सके पनि आमरुपमा कुनै परिवर्तन ल्याउन नसक्ने बताए । आफु राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानुनको सीमाका कारण आमरुपमा परिवर्तन ल्याउन नसकेको उनले स्वीकार गरे ।

    कार्यकारी अधिकार नभएको ठाउँमा गर्ने कामहरु कम हुने भन्दै अध्यक्ष तिमिल्सिनाले पार्टीको विकल्प स्वतन्त्र उम्मेदवार नभएको बताए । सबैलाई पार्टीमा आवद्ध हुन आग्रह गर्दै उनले पार्टीलाई नै सही मार्गमा हिँडाउन भुमिका खेल्न आग्रह गरेका छन् ।

    अघिल्लो पुस्ताका नेताहरुमा त्याग गर्ने क्षमता भए पनि निर्माण गर्ने कुरामा कमजोरी रहेको उनको भनाइ छ । अब देशमा विद्रोहको आवश्यकता नरहेको भन्दै उनले विद्रोह गर्नेलाई होइन, सिर्जना गर्नेलाई भोट दिनुपर्ने पनि बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ