• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    ४३ वर्षमा ५३ महिलासँग विवाह गरेका साउदी अरबका एक पुरुषको अब बिबाह नगर्ने सोच

    531
    SHARES


    काठमाडौँ। एक पुरुषले ६५ वर्षको उमेरमा आइपुग्दासम्म ५३ जना महिलासँग विवाह गरेको भन्ने खबर सार्वजनिक भएपछि उनीबारे व्यापक चर्चा भइरहेको छ । भावनात्मक ‘स्थिरता’ को खोजीमा आफूले यत्तिका महिलासँग विवाह गरेको साउदी अरबका यी पुरुषले खुलासा गरेका छन् ।

    अबु अबदुल्लाले आफू २० वर्षको हुँदा पहिलो विवाह गरेका थिए । उनकी श्रीमती उनीभन्दा ६ वर्ष जेठी थिइन् । अब्दुल्ला निकै खुसी थिए । यो सिलसिला चलिरहेकै थियो तर अचानक समस्या सुरु हुन थाल्यो । त्यसैले उनले पुनः विवाह गर्ने सोच बनाए । २३ वर्षको उमेरमा उनले श्रीमतीलाई आफूले दोस्रो विवाह गर्न चाहेको जानकारी दिए । दुई श्रीमतीबीच झगडा हुन थालेपछि उनले पुनः तेस्रो विवाह गरे, यहि समस्या भयो, चौथो विवाह पनि गरे ।

    यद्यपि, स्थिति सुध्रिनुको साटो थप बिग्रँदै गयो । त्यसैले उनले आफ्ना पहिलो र दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद गरे । तेस्रो र चौथो श्रीमतीलाई पनि त्यस्तै गरे, किनभने यिनीहरु बीच पनि झगडा हुन थालिसकेको थियो । तर स्थायित्वप्रति उनको भोकले भने निरन्तरता पाइरह्यो ।

    ६५ वर्षका उनले अरेबिक सब्कसँगको कुराकानीमा आफूले हालसम्म ५३ जना महिलासँग विवाह गरिसकेको जानकारी दिए । सबैभन्दा छोटो विवाह उनको एक रात मात्रै टिक्न सकेको थियो । उनले यसबारे स्पष्टिकरण दिँदै भने, ‘मैले गरेको कुनै पनि विवाह ठट्टा थिएनन् । सबैजनासँग परम्परागत विवाह नै गरेँ । मलाई खुसी बनाउने व्यक्तिको खोजीमा त्यस्तो गरेको थिएँ तर मेरा विवाह सबै टुट्दै गए ।’

    ‘खुसी दिने’ व्यक्ति पाउनुभयो त ? भनेर सोधिएको प्रश्नमा उनले सटिक जवाफ भने दिएनन् । तर अबु अब्दुल्लाले आफू एकजनासँग वैवाहिक सम्बन्धमा रहेको र पुनः विवाह गर्ने योजनामा नरहेको स्पष्ट पारे । उनका धेरैजसो श्रीमती साउदीकै थिए । आफू विदेश भ्रमणमा जाँदा एकजना विदेशीसँग पनि उनले विवाह नगरेका होइनन् तर त्यो केही महिना मात्रै टिक्न सक्यो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ