• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संदिप भाग्नु भनेको देशमा दण्डहिनता संस्थागत रहेको पुष्टि हुनु हो : मोहना अन्सारी

    2.8K
    SHARES


    काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले बलात्कारको आरोप लागेका पूर्व क्रिकेटर सन्दीप लामिछाने भाग्नुले देशमा दण्डहिनता संस्थागत रहेको देखाएको धारणा राखेकी छिन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा अन्सारीले सन्दीप भाग्नु भनेको दण्डहिनता संस्थागत हुनुको परिणाम भएको लेखेकी छन् । उनले सन्दीपलाई भगाउनमा प्रहरी र नेपाल क्रिकेट संघको संलग्नता रहेको भन्ने अभिव्यक्ति सहितको ट्वीट पोष्ट गरेकी हुन् ।

    उनले लेखेकी छन्, ‘सन्दीप लामिछाने भाग्नु भनेको दण्डहिनता संस्थागत् छ भन्ने परिणाम हो । संदिपलाई भगाउनमा प्रहरी र क्रिकेट संघ,’ ।

    नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान सन्दीपमाथि एक नाबालिगले बलात्कारको आरोप लगाउँदै जाहेरी दर्ता गराएकी थिइन् । सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघले टिमबाट उनलाई निलम्बन गरेको थियो ।

    पक्राउ पूर्जी जारी भएको समयमा सन्दीप वेस्ट इन्डिजमा रहेपनि उनले आफू निर्दोष रहेको तथा चाँडै नेपाल आउने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । तर उनी अहिले लामो समयदेखि सम्पर्क बाहिर रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ