• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    कमल खत्रीले गरे मेलिना मैनालीसँग इन्गेजमेन्ट

    605
    SHARES


    काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका हुन् ।

    दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’

    कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कमल नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा संगीतकार हुन् भने मेलिना मैनाली उदयीमान गायिका हुन् । उनी रियालिटी शो भ्वाइस अफ नेपालबाट चर्चामा आएकी हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ