• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ७‍.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो, यस्तो छ प्रारम्भीक क्षति

    8.1K
    SHARES


    काठमाडौं । पपुवा न्यु गिनीमा देश नै हल्लाउने गरी शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्यु गिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ ।

    भूकम्पले ठूलो क्षति पु–याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर (३८ माइल) को गहिराईमा गएको थियो ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले भूकम्पको प्रारम्भीक क्षतिको विवरण सार्वजनिक गरेका छन् । घरहरु भत्केका र सडकहरु अवरुद्ध भएको समाचारमा जनाइएको छ । केही मानिसहरु घाइते भएको र उनीहरुलाई उद्दार गरिरहेका फोटो पनि संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ