• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    व्यापक आलोचनापछि गाउँपालिका अध्यक्षकी भान्से श्रीमतीले दिइन राजिनामा

    2.8K
    SHARES



    काठमाडौँ। अछामको रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले  आफ्नै श्रीमती जयसरा साउँदलाई गत जेष्ठमा कार्यालय तथा आफ्नो व्यक्तिगत प्रयोजनका लागि भन्दै भान्से पदमा नियुक्त गरेका थिए । गत जेष्ठ १५ गतेदेखि लागु हुनेगरि उक्त पदमा नियुक्त गरेका थिए । उनको गैरकानुनी निर्णयको विभिन्न सञ्चार माध्यम हरुमा समाचार प्रकाशन भएपछि उनले भान्से पदबाट राजिनामा दिएकी छन् ।

    उक्त प्रकरणलाई लिएर संचार माध्यम तथा जनस्तरबाट व्यापक आलोचना भएपछि भान्से जयसरा साउँद राजिनामा दिन बाध्य भएकी हुन् । उनले दिएको राजिनामा स्वीकृत भएको छ । भान्सेपदमा रहि काम गरेवाफत उनको खातामा भुक्तनी दिइएको ३१ हजार ६ सय ३० रुपैया गाउँपालिकाको सन्जित कोषमा दाखिला गरिएको गाउँपालिकाले आज एक सुचना मार्फत जानकारी गराएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ