काठमाडौं । अनुमतिविना वर्षाैदेखि सञ्चालनमा रहेको विराटनगरस्थित भारतीय राजदूतावासको कार्यालयमा ब’म बि’स्फोट भएको छ । सोमबार राति विराटनगर महानगरपालिका-१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयमा ब’म वि’ष्फोट भएको हो ।
साँझ आठ बजेर १५ मिनेटमा भएको ब’म वि’ष्फोटबाट कार्यालयको पर्खाल भत्किएको छ । मोरङ प्रहरीले ब’म वि’ष्फोटबाट कार्यालयको पर्खालमा क्षति पुगेको जानकारी दिएको छ ।
मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका ब’म राखेर त्यहाँबाट भागेको सुरुवाती अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा संग्लनहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
अनुमतिविना वर्षाैदेखि विराटनगरमा सञ्चालनमा रहेको उक्त कार्यालय हटाउन बेला बेला आवाज उठेपनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल गरेको छैन्।
प्रतिक्रिया