• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    पत्रकारलाई १० लाख जरिवानासहितको मिडिया काउन्सिल विधेयक संसदमा

    1.5K
    SHARES



    काठमाडौँ। सरकारले प्रेस काउन्सिललाई विस्थापन गर्न तथा मिडिया र पत्रकारहरूलाई जिम्मेवार, मर्यादित र जिम्मेवार बनाउन भन्दै ल्याएको मिडिया काउन्सिल विधेयकमा कुनै पनि सञ्चारमाध्यमले आचारसंहिता विपरीत समाचार प्रकाशित गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्था अघि सारेको छ । उक्त विधेयक जस्ताको तस्तै पारित भए र कसैको मर्यादा वा प्रतिष्ठामा आँच आउने गरी समाचार प्रकाशन, प्रसारण गरेको भन्दै उजुरी परेर जाँचबुझमा दोषी पाइए उक्त जरिवाना तिर्नुपर्ने छ ।

    ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ अनुसार जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिएमा काउन्सिलले सम्बन्धित आम सञ्चारमाध्यम, प्रकाशक,पत्रकार वा सम्वाददातालाई २५ हजारदेखि दश लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’, विधेयकमा भनिएको छ । उक्त विधेयकमाथि शुक्रबारबाट प्रतिनिधि सभामा छलफल सुरु भएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ