• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    यी तीन महिलालाई गिरफ्तार गरेपछि आफै छक्क पर्‍यो काठमाडौं प्रहरी, यस्तो रहेछ खतरनाक धन्दा

    12.6K
    SHARES

    काठमाडौं, १ वैशाख ।

    काठमाडौंका बिभिन्न ठाउँमा यौनधन्दाहरु चल्दै आएका रहस्यहरु बेलाबेलामा बाहिर आउने गरेका छन् । विशेषगरी पैसा कमाउनका लागि खाजा पसलदेखि तारे होटलसम्मका व्यवसायीहरुले यौनधन्दा चलाउदै आएका छन् ।

    यस्ता अबैध यौन धन्दा चलाउनेहरु बेलाबखत प्रहरी खोरमा समेत पुग्दै आएका छन् । यसैबीच  प्रहरीले तीन महिलालाई यौन व्यवसायी चलाएको आरोपमा काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी वृत गौशालाले खतरनाक यौन व्यवसायी गर्ने तीन महिलालाई पक्राउ गरेर मद्धा चलाएको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाकी ५४ वर्षीया गीता दाहाल, झापा जिल्लाकी ३६ वर्षीया रश्मी सिटौला र तनहुँ जिल्लाकी ३४ वर्षीया जुना पोखरेल रहेका छन् ।

    सिटौला र दाहालले विजय चोकमा कोठा भाडामा लिएर यौन व्यवसायी सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । ठमेल क्षेत्रका मसाज सेन्टरमा हुने यौन व्यवसायलाई प्रहरीले नियन्त्रणमा लिएपछि यौनकर्मी र सञ्चालकले भाडामा कोठा लिएर यौनजन्य गतिविधि गर्दै आएका छन् ।

    खासगरी सूचनाको आधारमा उनीहरुलाई बुझ्नका लागि गिरफ्तार गरिएपनि घर भाडामा लिएर नै यौन व्यवसायी सञ्चालनमा महिला नै सक्रिय देखेपछि प्रहरी छक्क परेको छ । दोषीलाई कानुनबमोजिम कारवाहीका लागि मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ