• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष समाचार

    काठमाण्डाै महानगरले भत्काएको संरचना कसले सफा गर्छ ?

    591
    SHARES


    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले भत्काएको अवैधानिक संरचना सफा गर्न सम्बन्धित व्यक्ति र निकायलाई नै आग्रह गरेको छ । सम्बन्धित व्यक्ति र संस्थाले नहटाए महानगरपालकाले सरसफाइ गर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्ति वा संस्थाले तिनुपर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।

    नियम विपरीत बनाइएका अवैधानिक संरचना भत्काइएको खण्डमा सम्बन्धित व्यक्तिले नै हटाउनु पर्ने नियम छ । यो नियमको अटेर गरे महानगरपालिकाले हटाउने र त्यसको सबै खर्च तिराउने मानन्धरले बताउनुभयो। गएको साउन २ गते महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना निकाल्दै एउटा प्रयोजनका लागि बनाइएको व्यावसायिक भवनको बेसमेन्ट अन्य प्रयोजनका लागि प्रयोग नगर्न भनेको थियो ।

    बेसमेन्टमा पार्किङ र गोदाम राख्ने भनेर नक्सापास भएका भवनमा घरधनीले पसल तथा होटल सञ्चालन गर्न दिएपछि महानगरले अभियानकै रूपमा त्यस्ता संरचना हटाउन थालेको छ । यस्ता अवैध संरचना महानगरपालिकाले हटाउन थालेपछि केही व्यवसायी आफैँले अन्डरग्राउण्डमा राखेका पसल हटाउन थालेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ